Ads

बिपिएलमा सन्दीप र वार्नर एकै टिममा


अष्ट्रेलियाका डेभिड वार्नर र नेपाली क्रीकेटर सन्दीप लामिछाने बाङ्लादेश प्रिमियर लिग (बीपीएल) मा एउटै टिमबाट खेल्ने भएका छन् ।
नेपाली सेन वार्न (सन्दिप)र वार्नरलाई सिलेट सिक्सरले आवद्ध गरेको छ । दुई खेलाडीले सिधै अनुबन्धन गर्न सक्ने प्रावधानअनुसार सिलेट सिक्सरले सन्दीप र वार्नरलाई लिएको हो ।
इङ्ल्याड विरुद्धको टेस्ट म्याचमा बल टेम्परिङ प्रकरणमा परेर एक वर्षे प्रतिबन्ध लागेपछि वार्नरले आईपीएल समेत गुमाएका थिए । तर, खेललाई निरन्तरता दिएका उनले क्यारेवियन प्रिमियर लिग खेले ।
क्यानडामा ग्लोबल टी-२० पनि खेलेका वार्नरले अब बंगलादेश प्रिमियर लिगमा नेपाली लामिछानेसङ्ग खेल्ने भएका छन् ।

बिपिएलमा सन्दीप र वार्नर एकै टिममा तर कुन टोली का  लागि खेल्दैछन्।

 उनीहरु दुवै Sylhet Sixers का  लागि खेल्दैछन्।







आइसिसी विश्वकप ट्रफी पोखरामा सार्बजनिक





Post a Comment

0 Comments