Ads

आइसिसी विश्वकप ट्रफी पोखरामा सार्बजनिक


आगामी बर्ष सन २०१९ मा इङ्ल्याड र वेल्समा हुन गइरहेको आइसिसि  एकदिबसिय विश्वकपको ट्रफी आज पोखरामा सार्बजनिक गरिएको छ।
ट्रफी पोखरा क्रीकेट रंगशालामा पोखरा प्रीमियर लिग चलिरहेको बेला सार्बजनिक गरिएको हो। चितवन राइनोज र बुटवल ब्लास्टर्स बिच खेल चलिरहदा ट्रफिलाइ पोखरा रंगशालामा अवतरण गरिएको थियो। विश्व क्रीकेट जगतलाइ आफ्नो देशको नाम चिनाउन सफल सन्दिप लामिछानेले उक्त ट्रफिसङ अन्तर्वार्ता दिएकाछ्न। केही समय पछि उक्त अन्तर्वार्ता आइसिसिले सम्भवत आफ्नो वेबसाईटमा पनि हाल्ने छ।
ट्रफी चार दिन सम्म नेपालमा रहने छ। भोलि विश्वकप ट्रफिलाइ काठमाडौं लगिनेछ। यसका साथै उक्त ट्रफिलाइ सगरमाथाको सिबिरसम्म पनि लगिनेछ। चार दिनको भ्रमण पछि ट्रफी युएई जाने पुर्ब नेपाल क्रीकेट संघ क्यानकि सिइओ भावना घिमिरेले जानकारी दिनुभएको छ।

Post a Comment

0 Comments